म्याजिक गाडीको पछाडिबाट लडेर १० वर्षीय चन्दनको दुखद निधन, परिवारमा रुवाबासी — OSNepal

म्याजिक गाडीको पछाडिबाट लडेर १० वर्षीय चन्दनको दुखद निधन, परिवारमा रुवाबासी

LC (KTM) July 12, 2021 0

सिरहा, २८ असार- औरही गाउँपालिका(३ स्थित बिवाहमा जन्ती लिई आएको हाल नम्बर नखुलेको म्याजिक गाडीको पछाडिबाट लडेर सोही ठाउँ बस्ने नन्द कुमार यादवको छोरा १० वर्षीय चन्दन कुमार यादवको आइतबार राति मृत्यु भएको छ ।

उक्त म्याजिक पछाडीबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि, गुर्जो रोपणलाई राजधानी नजीकका जिल्लामा केन्द्रित गरिँदै -काठमाडौँ उपत्यकामा केन्द्रित रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जो रोपणलाई उपत्यका नजीकका जिल्लामा विस्तार गर्न थालिएको छ । देशव्यापी गुर्जो रोपण अभियान शुरु गर्नुभएका अभियानकर्मी कमलबहादुर राजलवटले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको केन्द्र नवलपुरमा गुर्जो रोपणलाई विस्तार गर्नुभएको हो ।

आइतबार इन्द्रावती गाउँपालिकामा आयोजित कार्यक्रममा १०० वटा गुर्जोका बिरुवा रोपिएको छ । बालादेवी सामुदायिक वन क्षेत्रमा गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यसअघिका पुस्ताले जडीबुटीकै औषधि उपयोग गरेर निरोगी बन्ने गरेकामा त्यसको उपयोगिता सिक्न नसक्दा पछुताउनुपर्ने अवस्था आएको सुनाउनुभयो । गुर्जो अभियानकर्मी राजलवटले पहाडमा पाइने गुर्जो र तराईको गुर्जो फरक रहेको बताउनुभयो । तराईको गुर्जो औषधीय गुणका लागि बढी उपयोगी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिका–४ का अध्यक्ष जगतमान ताल्चाभँडेल, वडा सदस्य दयाकुमारी मिश्र, योग शिक्षक अच्युत अर्याललगायतले गुर्जोका उपयोगिताका बारेमा स्थानीयवासीलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो औषधि वितरण गरिएको थियो । यसैबीच ललितपुरको बटुक भैरवनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानीयवासीलाई करीब १०० बिरुवा गुर्जो वितरण गरिनुको साथै मन्दिर नजीकै रहेको नेपाली सेनाको गणमा रोप्नका लागि पनि २०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर