इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले लिभरपुललाई ४(१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको हो । घरेलु मैदानमा सिटीले लिभरपुलको एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको १७ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४६ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दा सिटीले २-१ को अग्रता बनायो ।खेलको ५३ औं मिनेटमा इल्के गुन्डोगानले गोल गरेपछि सिटीको अग्रता ३-१ को बन्यो ।त्यसपछि खेलको ७४ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।जितसँगै सिटीले २८ खेलमा ६४ अंक जोडेको छ ।