युरोकप, कोपा अमेरिका फुटबल सकियो चिन्ता नलिनुहोस् , अब पाकिस्तानमा हुदैछ १४ औ साग प्रतियोगीता — OSNepal

युरोकप, कोपा अमेरिका फुटबल सकियो चिन्ता नलिनुहोस् , अब पाकिस्तानमा हुदैछ १४ औ साग प्रतियोगीता

LC (KTM) July 12, 2021 0

युरोकप , कोपा अमेरिका फुटबल कप सम्पन्न भईसकेको छ । खेलकूदप्रेमीहरुले रात दिनको ख्याल नगरी भोक प्यास नभनि फुटबल त हेरे तर अब फुटबलको माहोल केही समयका लागि सकिएको छ । नेपाली दर्शकहरुका लागि अर्काे खुशीको कुरा आएको छ ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग को १४ औं संस्करण सन् २०२३ को मार्चमा आयोजना हुने भएको छ ।दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग सन् २०२३ को मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।

यसपटक सागमा जम्मा २७ खेल समाबेश गरिएको छ । साग प्रतियोगिता पाकिस्तानको बिभिन्न पाँच शहरमा आयोजना हुने जनाइएको छ । यसरी खेल आयोजना हुने शहरहरुमा लाहोर, फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोट रहेको छ । यसअघिको १३ औं साग सन् २०१९ मा नेपालले सफलता पुर्वक सम्पन्न गरेको थियो ।

त्यतिबेला नेपालले राम्रै खेल प्रस्तुत गरेको थियो । नेपालले ५१ स्वर्ण ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो । १३ औं सागको समापनपछि पाकिस्तानलाई १४ औं साग आयोजनाको लागि झण्डा हस्तान्तरण गरिएको थियो । तर भारतले पाकिस्तानमा आयोजना हुने साग प्रतियोगितालाई लिएर असन्तुष्टि जनाईरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर