काठमाडौं- आज भोली मानिसहरु भुइमा सायदै सुत्छन् होला । गाँउघरमा यदा कदा फर्निचरको अभाबमा सुत्ने गरेको भएपनि पनि बजामा भने यो पाइदैन । आधुनिक भनाउँदा हामीहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किनेर फर्निचरमै सुत्ने गर्छौ । पहिला हाम्रा पूर्खाहरू भुइँमा सत्ने गरेपनि अब त्यो बिरलै सुन्न र देख्न पाइनछ । तर तपाइहरुलाई थाहा नहुन सक्छ फर्निचर मा ओछ्यानमा सुत्न भन्दा भुइँमा सुत्दाका धेरै फाइदा छन् ।
कम्मर दुख्ने समस्या भएकाले भुइमा सुत्दा फाइदा हुन्छ । त्यस्तै लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्दा राम्रो हुन्छ ।
गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् । दिनभरिको मेहनतपछि नरम ओछ्यानमा पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानि पुग्छ ।
दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो । भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।बेस्सरी थाकेर पनि निद्रा लागेन भने भुइँमा सुत्दा गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।