उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात जारी — OSNepal

उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात जारी

LC (KTM) April 01, 2023 0

केदारनाथ-भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको परिरहेको छ । केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको छ । यसैबीच उक्त स्थानमा भइरहेको पूर्वाधार निर्माण कार्य केही समयका लागि रोकिएको छ । धार्मिक यात्रा २५ अप्रिलबाट शुरु हुने बताइएको छ । साथै उत्तराखण्डका थुप्रै मैदानी इलाकामा पनि पानी परिरहेको बताइएको छ ।

प्रशासनले राज्यमा सावधानीका साथै उद्धार कार्य पनि जारि राखेको छ । मौसममा बदली भएसँगै बद्रीनाथ धाममा पनि हिमपात शुरु भएको छ । बद्रीनाथ मन्दिरको द्वार २७ अप्रिलदेखि खोलिनेछ । बारम्बारको खराब मौसम र कडा चिसोका कारण यात्रा तयारी र गुरुयोजनाको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन् । वर्षात् हिमपातबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर