काठमाडौं २८ असार । सर्वोच्च अदालतले भोली साँझ सम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्टराष्ट्रपति विद्यादेवी भण्डारीलाई आदेश दिएपछि राष्ट्रपति भण्डारी अब कानुनविदसँग छलफल गर्ने भएकी छन् ।
राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले बताए अनुसार राष्ट्रपति अब कानुनविद्हरुसँग परामर्श लिएर अगाडि बढ्ने निणर्य गरेकी छन् । प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई अदालतले आदेश दिने होइन भन्ने विषयमा परामर्श लिने जनाइएको छ ।
संविधानमा कुनै व्यक्तिलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिने अदालतलाई अधिकार नभएको भन्दै यसह अघि सर्वोच्चलाई बुझाइएको लिखित जवाफमा समेत उल्लेख गरिएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले शितलनिवास पुगेका छन् । आफ्नो सरकार ढल्नै लाग्दा राष्ट्रपतिसँग भेटवार्ता गर्द ओली राष्ट्रपति कार्यालय पुगेको बुझ्न सुकिन्छ ।