बालुवाटारमा बसेको बैठकको निष्कर्ष : ३२ वर्ष अगाडि समाप्त गरेको निर्दलीय व्यवस्था जस्केलाबाट छिर्न थालेको आभास — OSNepal

बालुवाटारमा बसेको बैठकको निष्कर्ष : ३२ वर्ष अगाडि समाप्त गरेको निर्दलीय व्यवस्था जस्केलाबाट छिर्न थालेको आभास

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । नेकपा एमालेको सत्ता पक्षको बालुवाटारमा बसेको स्थायी कमिटिको बैठकले सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु कल्पना बाहिरको प्रयास भएको निष्कर्ष निकालेको छ । सर्वोच्चको पःेसला पछि अशन्तुष्टि जनाउँदै बसेको स्थायी कमिटिको बैठकमा यस्तो निषकर्ष निकालिएको हो ।

सर्वोच्चको आजको फैसलाले ३२ वर्ष अगाडि हामीले समाप्त गरेको निर्दलीय व्यवस्था जस्केलाबाट छिर्न थालेको आभाष भएको पार्टी प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीले बताए ।

बैठकपछि प्रवक्ता ज्ञवालीले भने, ‘सर्वोच्च अदालतबाट भएको फैसला र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा हामीले छलफल गर्यौँ । उपस्थित सबै स्थायी कमिटी सदस्यले यो फैसलाले नेपालको लोकतन्त्रिक प्रणाालीको आधारभूत संरचनालाई निकै खल्बल्याउने काम गरेको छ । कुनै पनि लोकतन्त्र शक्ति पृथ्वीकरणको माथि उभिएको हुन्छ । राज्यका तीन वटा अंगहरू विधायिका, कार्यपालिका र न्यापालिकाबीचको सन्तुलन र समन्वयले मात्रै लोकतन्त्रिक प्रणाली दीगो र टिकाउ हुन सक्छ । तर आजको फैसलाले त्यो शक्ति सन्तुलनका पिलरलाई हल्याइदिने काम गरेको छ । दोस्रो हामीकोमा सरकार बनाउने आफ्नै विशेषता छन् । संसदमा उपस्थित दलहरूले आफ्ना सामर्थ्यका आधारमा सरकार बनाउँछन् । सरकार बनाउने पक्रिया शुरू गर्छन् त्यो सम्माननीय राष्ट्रपति संस्थाबाट विधिवत् घोषणा हुन्छ । तर आजको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने भएको छ’ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्नु समान्यतयाः लोकतन्त्रमा कल्पना बाहिरको प्रयास हो बताएका ज्ञवालीले भने, तेस्रो गएको ७० वर्षदेखि हामी दलीय व्यवस्थामा रहेको छौँ । दलीय स्वतन्त्रताका लागि आवाज उठाउँदा कयौँको ज्यान गएको छ, कयौँ बेपत्ता भएका छन् । विशेषतः २०४६ सालपछि हामीले दलविहीन व्यवस्थालाई समाप्त पारेर दलहरू जनताका प्रतिनिधिकारूपमा उपस्थित हुने, आवधिक निर्वाचनमा जाने र जनताले पत्याएको दलले शासन चलाउने प्रणााली हामीले अवलम्बन गर्दै आएका छौँ । तर सर्वोच्च अदालतको आजको फैसला, विशेषतः धारा ७६ (५) को व्याख्या गरेको छ, मैले दुःखका साथ भन्नुपर्छ ३२ वर्ष अगाडि हामीले समाप्त गरेको निर्दलीय व्यवस्था जस्केलाबाट छिर्न थालेको हामीलाई आभाष भएको छ ।

सारमा यो फैसलाले हाम्रो लोकतान्त्रिक, संसदीय प्रणाालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको बैठकले निष्कर्ष निकालेको ज्ञावालीले बताए । त्यसका बारेमा औपचारिक दृष्टिकोण बनाउन भोलि फेरि स्थायी कमिटीको बैठक बस्ने जानकारी दिएका उनलmे त्यसपछि आफुहरु औपचारिक धारणा लिएर जनताको माझमा जाने बताए ।

‘ विधिको शासन पालना गर्ने भएकाले सर्वोच्चको फैसला जति नै त्रुटिपूर्ण भए पनि पार्टी हुनाका नाताले फैसलाको कार्यान्वयन हामीले गर्नेछौँ । तर यसले जुन दिशातिर मुलुकको प्रणाालीलाई लैजान खोजेको छ, हामी एकदमै चिन्तित भएका छौँ । दृढताका साथ नेकपा (एमाले) आगामी दिनमा अघि बढ्छ’ ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर