काठमाडौँ २८ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सर्वोच्च अदालतको आजको फैसला बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत भएको बताएका छन् ।
सर्वोच्चको फैसला आएसँगै आक्रोशित बनेको नेकपा एमालेको सत्ता पक्षले अदालतको फैसलामा एमाले विपति रहेको स्पष्ट पारेसँगै नेता पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
पत्रकारहरुसँगको कुराकानीमा पोखरेलले अदालतको फैसलालाई एमालेले ‘बहुदलीय संसदीय प्रणालीको मर्म विपरीत’ र शक्तिपृथकीकरणको सिद्धान्तको खिलापको रुपमा लिएको जनाएका हुन् ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बिजनेस हो । सम्मानित राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो । यो दुवै कुराहरुको खिलापमा छ आजको फैसला भएको बताएका पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।