काठमाडौं २८ असार । आज कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठक पछि माधव नेपाल समुह विपक्षी गठवन्धनको समुहबाट बाहिरिएको छ ।
सर्वोच्चले संसद पुर्नस्थापना र प्रधानमन्त्रीमा शेरबहादुर देउवालर्य समर्थन गरेपछि नेपाल समुह विपक्षी गठवन्धनको समुहबाट बाहिरिएको हो । बैठकमा सहभागी भएका नेपाल समुहका रघुजी पन्तले आफूहरु संविधान र गणतन्त्रको पक्षमा दृढ भएको भन्दै भोलीका दिनमा पनि यस्तै प्रतिगामी कार्य भए उक्त कार्यको विरोध गर्न एक हुने बताएका छन् ।
साथै अब अदालतको फैसला आएपछि विपक्षी गबन्धनमा बस्न नहुने भन्दै अब नेकपा एमाले एक भएर जाने बताएका छन् । अब विश्वासको मत दिने विषयमा भने पार्टी पँक्ति एक भएर निर्णय गर्ने पनि जनाइएको छ ।
बैठकमा नेता नेपालले देउवा नेतृत्वमा सरकारले जनताको पक्षमा काम गर्नुपर्ने सुझाव दिएका छन् ।