काठमाडौँ-ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई ५४ रनले पराजित गर्दै उपाधि जितेको हो । एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।
आजको खेलमा एपिएफले जितका लागि दिएको एक सय ५५ रनको विजयी लक्ष्य पछ्याएको कोशीले २० ओभर ६ विकेट क्षतिमा एक सय रन मात्रै बनाउन सक्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन भने लकिता राजजंशीले अविजित २१ रन बनाइन् । त्यस्तै अप्सरी बेगमले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।