ओली समर्थकबाट प्रधानन्यायाधीश जबराको पुत्ला दहन — OSNepal

ओली समर्थकबाट प्रधानन्यायाधीश जबराको पुत्ला दहन

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । संसद पुर्नस्थापना गरेको भन्दै सरकार पक्षका समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरेका छन् ।

संविधानको धारा टेकेर गरिएको फैसला असंवैधानिक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले साँझ बानेश्वरमा जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्चको फैसलासँगै आक्रोशमा आएका ओली निकट महेश बस्नेत माइतिघर पुगी सर्वोच्चको फैसला गैरसंवैधानिक भएको भन्दै सबै युवाहरु जो जहा छौ त्यही बाट आन्दोल गरौ भन्दै आग्रह समेत गरेका थिए ।

भोली साँझ पाँच बजे सम्म शेरबहादुर देउवालाई राष्टपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेपछि ओली समर्थनले विरोध जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर