राष्ट्रपति भण्डारीमाथि महाअभियोग ! — OSNepal

राष्ट्रपति भण्डारीमाथि महाअभियोग !

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । सर्वोच्चले आज संसद फेरि पुर्नसथापना गरेपछि विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन माग गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको कठपुतली बनेर संविधान माथि मनपरि गरी संसद विघटन गरेका राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन पर्छ भन्दै साझाले आज विज्ञप्ती ने निकालेको छ । पछिल्लो समयमा निरन्तर प्रधानमन्त्री ओलीको कठपुतली बनेर राष्ट्रपति भण्डारीले संविधानमाथिको मनपरीलाई जसरी साथ दिँदै आएकी छिन्, त्यसलाई मध्यनजर गर्दा पुन स्थापित संसद्ले उनीमाथि महाअभियोग लगाउनुपर्छ ।’ जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

साथै सर्वोच्चले फैलसामा संविधानको धारा ७६ ९५० अनुसार सरकार गठन गर्दा सांसदहरुलाई दलको ह्वीप नलाग्ने फैसला गर्दा भविष्यमा अनुकूल नहुन सक्ने पनि विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर