सधै फिट रहने नायक अक्षय कुमार मोेटाउँदै , आफ्नो ५ चेलीबेटीको रक्षाका लागि हलुवा खाएर ५ किलो मोटाएको आफैले गरे खुलासा — OSNepal

सधै फिट रहने नायक अक्षय कुमार मोेटाउँदै , आफ्नो ५ चेलीबेटीको रक्षाका लागि हलुवा खाएर ५ किलो मोटाएको आफैले गरे खुलासा

LC (KTM) July 12, 2021 0

आफ्नो चेलीबेटीको रक्षाका लागि जुनसुकै माईती सधै तयार रहन्छ । आफ्ना चेली माथि आउने आपत तथा बिघ्नको डटेर सामना गर्न माईतीराजा तयार हुन्छन् । यहि बिषय वस्तुलाई समेटेर बन्दै गरेको फिल्म रक्षाबन्धनको लागि बलिउडका एक्सन किंग अभिनेता अक्षय कुमार चाँडै फिल्म ‘रक्षाबन्धन’मा देखिने भएका छन् ।

उनले यहाँ चेलीहरुको रक्षाका लागि मात्र त्याग गरेका छैनन् आफ्नो रियल लाईफमा पनि केही कुरा त्यग गर्नुपरेको छ । त्यो हो उनको फिटनेस । यहि फिल्मका लागि भनेर सधै फिट रहने अक्षयलृ शरीरको तोल ५ केजी बढाएका छन् । आनन्द रायको फिल्म ‘रक्षाबन्धन’ का लागि उनले आफ्नो शरीरको तौल ५ केजी बढाएका हुन् ।

उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्बीरमा उनी एकदमै मोटो देख्न सकिन्छ । फिल्ममा उनले जुन भुमीका निर्बाह गर्दैछन् त्यसका लागि उनलाई मोटो देखिनु पर्ने रहेको छ । उनले यस फिल्ममा नयाँदिल्लीको एक व्यक्तिको भूमिका निभाउदैछन् । उनले तौल बढाउने काम एकदमै स्वस्थ्य तरिकाले गरिरहेको समेत जनाएका छन् ।

उनी तौल घटाउने र बढाउनेमा एकदमै माहिर भईसकेका छन् । अहिले तौल बढाउनका लागि उनी आमाको भनाईको साहारा लिईरहेका छन् । उनकै आमाले बनाएर दिएको हलुवा खाने मैका पाए भन्दै उनले खुशी समेत प्रकट गरेका छन् । फिल्म ‘सूर्यवंशी’का लागि उनले ६ किलो तौल घटाएका थिए । फिल्म ‘रक्षाबन्धन’मा अक्षयका पाँच बहिनीहरु देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर