विवाह लगत्तै हनिमुन छाडेर फिल्म प्रमोसनमा हिडे पछि फिल्म उधोगमा सुरक्षा पन्तको प्रशंसा — OSNepal

विवाह लगत्तै हनिमुन छाडेर फिल्म प्रमोसनमा हिडे पछि फिल्म उधोगमा सुरक्षा पन्तको प्रशंसा

LC (KTM) March 29, 2023 0

काठमाडौँ -विवाहलगत्तै काममा फर्किएकी सुरक्षाको अहिले फिलम उद्योगमा चर्को प्रशंसा भइरहेको छ। प्रशंसा हुनुको कारण हो विवाहपछिको हनुमुन पिरियड नै छाडेर फिल्म प्रमोसनमा सहभागी हुनु । उनी फिल्म ‘बहाव’का निर्माता र निर्देशकसँगै फिल्मको प्रमोसनमा व्यस्त छिन्।

सुरक्षा पन्तले करिब ७ वर्षको प्रेम सम्बन्धपछि गत फागुनमा विवाह गरिन्। विवाहलगत्तै काममा फर्किएकी उनको अहिले प्रशंसाा भइरहेको छ । य कलाकारले फिल्म प्रमोसनमा कलाकारले साथ नदिएको भन्दै निर्माताहरुको गुनासो गरिरहेका बेला सुरक्षा भने काममा मनै देखी लागेकी छन् ।

हालै प्रेमी मानव सुवेदीलाई श्रीमान् बनाएकी सुरक्षाको यो हनिमुन पिरियड हो। फिल्म ‘बहाव’ ट्रेलरको एक संवादमा सुरक्षाले भनेकी छन्, ‘जीवनको नयाँ सुरुवातमा केही हलचल त भइहाल्छ नि!’विवाह गरेर वास्तविक जीवनको नयाँ सुरुवात गरेकी सुरक्षाको वास्तविक जीवन भने उस्तै शान्त देखिएको छ।

फिल्ममा सुरक्षाका साथमा कमलमणि नेपाल, अफरान अलि, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवनश्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्। श्रीधर पौडेलले निर्माण गरेको फिल्म यही चैत २४ गतेदेखि अल नेपाल रिलिज हुँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर