पछिल्लो २४ घन्टामा २३ सय ७० जना कोरोना संक्रमित थपिए , ११ सय ३३ जनाले जिते कोरोना — OSNepal

पछिल्लो २४ घन्टामा २३ सय ७० जना कोरोना संक्रमित थपिए , ११ सय ३३ जनाले जिते कोरोना

LC (KTM) July 12, 2021 0

काठमाडौं – पछिल्लो २४ घन्टामा २३ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८४ नमूना परीक्षणमा २३ सय ७० जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ११ सय ३३ जना कोरोनामुक्त भएका छन्।

यो सँगै कोरोनाबाट निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ। यो निको हुने दर ९४।५ प्रतशित हो। यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर