काठमाडौं, १४ चैत । नेपाली फुटवल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् ।
विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।
भुटानसँगको हारबाट जोगियो नेपाल – दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।
नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ । अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस प्रतिस्पर्धा गर्नेछन् ।