काठमाडौं- क्रिकेटर अर्जुन कुमाललाई अष्ट्रेलियास्थित सूचना प्रविधिसम्बन्धी कम्पनी ुएक्स्ट्राटेकुले ५० हजार रूपैयाँ सहयोग गरेको छ।
अष्ट्रेलियाबाट प्राप्त रकम सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीमा क्रिकेटर कुमाललाई हस्तान्तरण गरेका छन् । नेपाललाई १९ वर्ष मुनिको विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले नगद ५० हजार सहयोग गरेको हो।
एक्स्ट्राटेकुका डाइरेक्टर विनोद कुँवरले कुमालको हौसला बढाउन सहयोग गरिएको बताउँदै यसबाट उनलाई थप प्रेरणाले मिल्ने विश्वास व्यक्त गरे। एक्स्ट्राटेकुका डाइरेक्टर विनोद कुँवरले कुमालको हौसला बढाउन रकम सहयोग गरिएको बताए ।
क्रिकेटर कुमालले अहिले आफूलाई विभिन्न व्यक्ति र संस्थाबाट सहयोग प्राप्त भइरहेको र यसबाट आफ्नो प्रदर्शनमा थप सुधार ल्याउन प्रेरणा मिलेको बताए ।