नेपाल पत्रकार महासंघ मोरङले यस वर्षको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार सूचनाको हकको क्षेत्रका अभियान्ता काशीराज दाहाल र पत्रकार हरि अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिको १६ औं बैठकले पचास हजार ५१ राशीको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र १५ हजार ५१ राशीको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार’ बाट यसअघि विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा र गजेन्द्र बुढाथोकी पुरस्कृत भईसक्नु भएको छ । यस्तै ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, गणेश लम्साल, मोहनकाजी न्यौपाने र देवनारायण साह पुरस्कृत भईसक्नु भएको छ ।
दुवै पुरस्कार नेपाल पत्रकार महासंघ मोरङले स्थापना दिवसका अवसरमा हरेक वर्ष चैत १६ गते वितरण गर्दै आएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गको प्रमुख आतिथ्यतामा विराटनगरमा षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार वितरण कार्यक्रम र सोही दिन विहान सुन्दरहरैचाको विराटचौकमा प्रभातफेरि निकाल्ने निर्णय गरिएको सचिव नेत्र पी अधिकारीले जानकारी दिनुभयो ।