काठमाडौं । दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘जारी’को अन्तर्राष्ट्रिय प्रदर्शन तय भएको छ । स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग भएपछि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन तय भएको हो ।
निर्माता रामबाबु गुरुङले अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता फिल्म रिलिज हुने बताए ।क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज तय भएको छ ।
लण्डनमा हुने प्रिमियरमा सहभागी हुन निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर त्यसतर्फ प्रस्थान गर्नेछन् ।बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले बताए ।
नेपालमा भने यो फिल्म वैशाख १ गते रिलिज हुँदैछ । लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा फिल्म आधारित छ ।