अरुणाचल : जी२० प्रतिनिधिहरूको लागि राज्यको सांस्कृति विविधता प्रदर्शन — OSNepal

अरुणाचल : जी२० प्रतिनिधिहरूको लागि राज्यको सांस्कृति विविधता प्रदर्शन

Bibek Karki March 28, 2023 0

जी–२० शिखर सम्मेलनको एक हिस्साका रूपमा अरुणाचलको दोर्जी खाण्डु सभागृहमा प्रदेशको समृद्ध सांस्कृतिक विविधता झल्काउने रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।

प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले जी–२० शिखर सम्मेलनका प्रतिनिधिहरुलाई स्वागत गर्दै प्रदेशको भौगोलिक विविधतादेखि ऐतिहासिक तथ्यसम्मका विभिन्न पक्षका बारेमा संक्षिप्त प्रकाश पारेका थिए। उनले चीन, भुटान र म्यानमारसँगको अन्तर्राष्ट्रिय सिमाना जोडिएको यो राज्यमा विविध संस्कृति र परम्परा भएका २६ ठूला जाति र सयभन्दा बढी उपजाति रहेको बताए। विशाल भौगोलिक भूमिमा बसेर पनि मानिसहरु एक अर्का र प्रकृतिसँग पूर्ण मेलमिलापमा बाँचिरहेको र यसरी ‘विविधतामा एकता’को उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको उनले बताए।

८० प्रतिशत वन क्षेत्र रहेको प्रदेश कार्बन न्यूट्रल राज्य भएको र विश्वका १० (दश) धनी जैविक विविधता हटस्पटमध्येको एक रहेको पनि खाण्डुले जानकारी दिए। अरुणाचल प्रदेश क्षेत्रफलको हिसाबले उत्तर पूर्वको सबैभन्दा ठूलो राज्य भएको बताउँदै उनले उत्तरपूर्वको एक मात्र राज्य हो, जहाँ मानिसहरूले हिन्दीमा भाषा बोल्ने गर्छन्। सो अवसरमा उनले विदेशी प्रतिनिधिहरुलाई अरुणाचल प्रदेशको राजदूत बन्न पनि आग्रह गरे।

अरुणाचल प्रदेश विधान सभाका अध्यक्ष जी२० सचिवालयको अरुणाचल इकाई अध्यक्ष पीडी सोनाले यस अवसरमा बोल्दै अरुणाचल प्रदेशको सौन्दर्य ‘विविधतामा एकता’ मा चित्रण गरिएको बताए। उनले विभिन्न जनजातिका मानिसहरू एक अर्कासँग बाँधिएका र पूर्ण सद्‌भावमा बाँचिरहेका बताए।

उनले साँझको सांस्कृतिक प्रदर्शनलाई राज्यको ठूलो सांस्कृतिक पिज्जाको सानो टुक्रा भएको बताए र प्रतिनिधिहरूले राज्यमा आफ्नो छोटो बसाइको सुन्दर सम्झनाहरू लिने आशा व्यक्त गरे।

देशव्यापी रूपमा जी-२० बैठकहरू आयोजना गरेकोमा भारतका प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै सोनाले विदेशी प्रतिनिधिहरूलाई आफ्नो विविध संस्कृति र परम्पराको झल्को दिने अवसर प्रदान गरेकोमा सोनाले जी-२० ले विश्वलाई चिनाउने आशा व्यक्त गरे।

‘धेरै यात्रा, एउटा सपना..अरुणाचल कथा’ भन्ने नारासहितको रंगीन सांस्कृतिक पर्व पुजारीहरूद्वारा आह्वान गाएर सुरु भयो, त्यसपछि अरूणाचल आइडलको टोलीद्वारा हाम्रो गीत, हाम्रा कथाहरू ‘हमारा अरुणाचल’ प्रस्तुत गरिएको जानकारी गराए। अरुणाचलका अभिलेखीय तस्बिरहरूको अडियो-भिजुअल स्लाइड शो, परम्परागत पोशाक प्रस्तुति र सांस्कृतिक प्रदर्शन – “रिभर रिदम्स” – अरुणाचल प्रदेशको सांस्कृतिक विविधता देखाउने कोरियोग्राफ गरिएको नृत्य प्रस्तुति कार्यक्रमका अन्य आकर्षणहरू थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर