राहुल गान्धी माथी निरन्तर प्रहार, सरकारी निवास छाडन नोटिस जारी — OSNepal

राहुल गान्धी माथी निरन्तर प्रहार, सरकारी निवास छाडन नोटिस जारी

LC (KTM) March 28, 2023 0

नयादिल्ली, १४ चैत । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ ।

उता, लोकसभाको सांसद सुची रहेकाे वेबसाइटबाट पनि नाम हटाउँदै राहुल गान्धी निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषितसमेत गरिएको छ।

गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारीसमेत सुरु गरेको छ ।

कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाए पछि उनी माथी निरन्तर प्रहार हुदैँ आएको छ ।

राहुल गान्धीको सांसद  पद खारेजीलाई भारतीय लोकतन्त्रमा सबैभन्दा ठुलो उपहासको रुपमा लिएको छ भने देशैभरी सो निर्णयको बिरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर