काठमाडौँ २३ असार । नेकपा एमालेका नेता घनश्याम भुसालले सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको अभिव्यक्ति दिएका छन् ।
आज सर्वोच्चले प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक गरेको संसद विघटन बदर गरिदिएपछि चौतर्फी यसको खुसीयाली बढेको छ । नेता भुसालले अब संसद र संविधान जोगाउन छलफललाई तीव्रता दिने समेत बताएका छन् ।
पटक पटक संसद विघटन गर्नु एमालेको गल्ती भएपनि अब गल्ती नदोहोर्याउने प्रतिवद्धता गर्नुछ भन्दै भुसालले ‘संसद् र संविधान रक्षा गर्नु महत्वपूर्ण भएकाले गम्भीर बनेर थप निर्णय गर्ने बताएका छन् । मुलुकको स्वतन्त्रतता, स्वाधीनता र हाम्रो आन्दोलन जोगाउन संविधानको रक्षा जरुरी भएको बताएका भुसालले भने, ‘कांग्रेस, माओवादी, उपेन्द्रजीहरुसँग पनि छलफल गर्छौं । सहमतिमा संयुक्त सरकार बन्न पनि सक्छ’।