सर्वोच्चको फैसलाले अदालतमा गोरु ब्यायो : कमल थापा — OSNepal

सर्वोच्चको फैसलाले अदालतमा गोरु ब्यायो : कमल थापा

LC (KTM) July 12, 2021 0

काठमाडौं २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलाले अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् ।

आज सर्वोच्चले संसद पुर्नस्थापना गर्दै २ दिन भित्र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि आक्रोशित बनेका थापाले अदालतमा गोरु ब्याएको भन्दै आलोचना गरेका हुन् । सर्वोच्चको फैसलाले राजनीतिक फैसला कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा रहेको समेत खुलासा गरेका छन् ।

थापाले ट्वीटर मार्फत भनेका छन् , बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिएं-“सर्वोच्च अदालतमा आज गोरू व्यायो”राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर