माधव नेपाल भन्छन 'नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटक पटक प्रतिनिधिसभालाई विघटन गरेको कामलाई सर्वोच्चले रोकेर मृत्युशय्‍यामा पुगेको संसद् जोगायो' — OSNepal

माधव नेपाल भन्छन ‘नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटक पटक प्रतिनिधिसभालाई विघटन गरेको कामलाई सर्वोच्चले रोकेर मृत्युशय्‍यामा पुगेको संसद् जोगायो’

LC (KTM) July 12, 2021 0

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद पुनं स्थापन गर्ने सर्मेच्चको फैसला स्वागत योग्य भएको बताएका छन् ।मृत्युशय्या‍मा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै उनले फैसला स्वागत योग्य भएको बताएका हुन् ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालको यस्तो भनाइ आएको हो ।नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको भएपनि अदालतले सकारात्मक फैसला गरेको नेपालले बताए ।

नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताए । ‘ अदालतले संविधानको रक्षा गरेको बताउदै उनले । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने उनले विश्वास समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर