प्रतिनिधिसभा विघटन गर्ने ओलीको दोस्रो प्रयास पनि असफल, देउवालाई दुई दिनभित्र विश्वासको मत लिन आदेश — OSNepal

प्रतिनिधिसभा विघटन गर्ने ओलीको दोस्रो प्रयास पनि असफल, देउवालाई दुई दिनभित्र विश्वासको मत लिन आदेश

LC (KTM) July 12, 2021 0

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने अर्को प्रयास पनि असफल भएको छ ।प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभालाई दोस्रो पटक पनि संवैधानिक इजलासले पुनर्स्थापना गरिदिएको छ ।यसअघि गत फागुन ११ मा पनि संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको थियो । त्यसपछि प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो ।

प्रधानमन्त्री ओलीले पहिलो पटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । जेठ ८ गते उनले दोस्रो पटक प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै अनुमोदन गरेकी थिइन् ।त्यस्तै सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ ९५० अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधि सभा बैठक बसेको २ दिनभित्र विश्वासको मत लिन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर