नेत्रृ झाँक्रीले सहमति गर्न हतार नगरौँ भन्दा,भट्टराईले भने, प्रस्तावित १० बुदे सहमति स्वागतयोग्य भएको भन्दै यसो भनेपछि ... — OSNepal

नेत्रृ झाँक्रीले सहमति गर्न हतार नगरौँ भन्दा,भट्टराईले भने, प्रस्तावित १० बुदे सहमति स्वागतयोग्य भएको भन्दै यसो भनेपछि …

LC (KTM) July 12, 2021 0

काठमाडौं २८ असार । पार्टी एकताको लागि १० बुँदे सहमतिलाई नेता योगेश भट्टराईले स्वागत योग्य भएको बताएका छन् ।

माधव नेपाल पक्षका भट्टराईले यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरूको युगीन कार्यभार बनेको बताउँदै पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागतयोग्य भएको बताएका हुन् ।

तर, यता नेपाल भने १० बुँदे सहमतिमा भने आपत्ती जनाउँदै आएका छन् । अर्काी नेत्रृ रामकुमारी झाँक्रीले पनि १० बुँदे निर्णयलाई स्वागत गनै हतार नगर्रौ भन्दै अदालतको फैसला अगाडी हस्ताक्षर फिर्ता नहुने बताएकी छन् ।

उनले भनेका छन्, ‘नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागतयोग्य छ। यसको कार्यन्वयन गर्दै, एकतालाई थप सुदृढ गर्दै, विश्वास निर्माण गर्दै आगामी कुनै पनि प्रतिस्पर्धामा एमालेको श्रेष्ठता कायम गर्न अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरूको युगीन कार्यभार बनेको छ। वार्ता समितिका सबै कमरेडहरूलाई हार्दिक बधाई तथा धन्यवाद छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर