प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओसले भुटानलाई पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा लोआसले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।लाओसको जितमा बोन्पाचान बोन्कोङले दुई गोल गरे ।भुटानका चेन्चो ग्याल्सेनले एक गोल फर्काए ।
खेलको तेस्रो मिनेटमा बोन्पाचानले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, ३४ औं मिनेटमा कप्तान ग्याल्सेनले गोल गर्दै भुटानलाई १(१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ७१ औं मिनेटमा बोन्पाचानले व्यक्तिगत दोस्रो गोल गलाओसलाई २(१ को जित दिलाए ।यस जितसँगै लाओसले २ खेलमा ३ अंक जोडेको छ । लोआसले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा लाओसलाई नेपालले २(० ले हराएको थियो ।
भुटानले १ खेल अंक जोड्न सकेको छैन । भुटानको पनि फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।अब भुटानले मंगलबार नेपालसँग खेल्नेछ । उक्त खेलपछि फाइनल पुग्ने टोलीको तय हुनेछ ।प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।