काठमाडौँ २८ असार । नेकपा एमालेको कार्यदलले गरेको १० बुँदे सहमतिप्रति अध्यक्ष केपी ओली पक्षबाट नेता गोकुल बाँस्कोटाले पनि टिप्पणी गरेका छन् ।
बाँस्कोटाले ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको अभिव्यक्तिविरुद्ध वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएपछि टिप्पणी गरेका हुन् । उनले एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छरु भन्दै सांकेतिक रुपमा नेपाललाई प्रश्न गरेका छन् ।
गएराति १० बुँदे सहमति भएप्छि थापाले अब सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश नदिने दाबी गर्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि एक बिहानै नेपालले थापाको अभिव्यक्ति गलत र अस्वीकार्य भएको भन्दै आपत्ती जनाएका थिए ।
नेता नेपालको आपत्तीलाई लिएर नेता बाँस्कोटाले अचम्म१ कांग्रेसले आफूलाई एमाले भन्ला तरु’ भन्दै नेपाललाई अर्को प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, छन्, ‘एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छरु अचम्म१ कांग्रेसले आफूलाई एमाले भन्ला तरु’