काठमाडौँ २८ असार । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटेको फैसला आज हुने भन्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सर्वोच्च अदालतका आसपासका क्षेत्रमा हतियारसहितको प्रहरीको टोली तैनाथ गरिएको छ । फैसला जस्तो आएपनि सुरक्षाको मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाई गरिनुको साथै अदालत परिसरमा जानको लागि पनि कडा सोधपछ गरिएको छ ।
दोस्रो पटक भएको संसद विघटनको फैसला आज आउँदै गर्दा हिजो गएराति मात्र नेकपा एमालेको कार्यदलको बैठकले १० बुँदे सहमति गरेको छ ।