१० बुँदे सहमतिमा झाँक्रीको प्रतिक्रिया : सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिन मिल्दैन — OSNepal

१० बुँदे सहमतिमा झाँक्रीको प्रतिक्रिया : सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिन मिल्दैन

LC (KTM) July 12, 2021 0

काठमाडौं २८ असार । नेकपा ९एमाले० की नेतृ रामकुमारी झाँक्रीले पार्टी एकबताको लागि गरिएको १० बुँदे सहमतिलाई स्वागत गर्न हतार नगर्न नेताहरुलाई सुझाव दिएकी छन् ।

गएराति पार्टी एकता को लागि गठित कार्यदलले १० बुँदै सहमति गरेपछि नेत्रृ झाक्रीले यस्तो सुझाव दिएकी हुन् । झाक्रीले भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिने बताएकी छन् ।

अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन भन्दै नेत्रृ झाँक्रीले ट्वीटर मार्फत यस्तो भनेकी हुन् ।

उनले लेखेकी छन् ।,
१. हाम्रो टिमको केन्द्रीय कमिटीको बैठक बसेर १० बुदे संझौताबारे संस्थागत धारणा आउने छ।
२. स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो संझौता कार्यान्वयन योग्य हुदैन। बैठक जाने कुरा हुन्न।
३. अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिईने छैन। लिने कुरै आउँदैन।
४. भ्रममा नपरौ, स्वागत गर्न हतार नगरौँ। निरास पनि नबनौँ। राजनिती हो यसले बाटो लिन्छ। उज्यालो पहिल्याउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर