नेपाललाई अझै खोप सहयोग गर्ने राजदूत यान्छीको घोषणा — OSNepal

नेपाललाई अझै खोप सहयोग गर्ने राजदूत यान्छीको घोषणा

LC (KTM) July 12, 2021 0

काठमाडौं – चीनले उत्पादन क्षमताको आधारमा नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने जनाएको छ।राजदूत होउ यान्छीले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन् । चीनले नेपाललाई अहिलेसम्म १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्यअन्तर्गत पठाएको उल्लेख गर्दै थप खोप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपालले चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २०२० को फेब्रुअरी ७ मा एक लाख मास्क सहयोग गरेको थियो ।

यसैबीच नेपाल सरकारले चीनबाट शुक्रबार आठ लाख डोज खोप खरिद गरी ल्याइसकेको छ । नेपाल वायुसेवा निगमको जहाजमार्फत चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीसँग भएको सम्झौता अनुसार पहिलो चरणमा आठ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएको हो । यसै बिच उनले राजदूत होउले नेपालतर्फको उत्तरी दुई नाकाहरु तातोपानी र रसुवागढीको भन्सार नाकाका समस्याहरु राजनीतिक नभएर प्राविधिक भएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर