पार्टी एकताको लागि गरिएको १० बुँदे सहमतिमा मिश्रित प्रतिक्रिया आएपछि ओली र नेपालबिच भेटवार्ताको तयारी — OSNepal

पार्टी एकताको लागि गरिएको १० बुँदे सहमतिमा मिश्रित प्रतिक्रिया आएपछि ओली र नेपालबिच भेटवार्ताको तयारी

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । नेपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेपछि त्यसको दुवै पक्षबाट मिश्रित प्रतिक्रिया आएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता माधव नेपालबिच भेटवार्ता हुने भएको छ ।

नेपाल पक्षले नै १० बुँदै सहमतिमा आपत्ती जनाएपछि आज दुवै बिच भेटवार्ता हुने भएको छ । तर पनि समय भने निश्चित गरिएको छ । अदालतको फैसला आउनु अगाडी कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको हस्ताक्षर फिर्ता नलिने भन्दै आएको नेपाल समुहमै मिश्रित प्रतिक्रिया आएपछि १० बुँदे सहमति कायम हुने हो या होइन त्यो भने अब ओली र नेपालको भेटवार्ता पछि नै हुनेछ ।

यता कार्यदलका सदस्य सुरेन्द्र पाण्डे लगायतका नेताहरु भने पार्टी एकताको लागि सहमति भइसेकका छन् । तथापी नेपाल भने यसमा सहमति नभएको कुरा बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर