उच्च अदालतका कर्मचारी अदालत परिसरभित्रै मृतावस्थामा फेला — OSNepal

उच्च अदालतका कर्मचारी अदालत परिसरभित्रै मृतावस्थामा फेला

LC (KTM) July 12, 2021 0

इलाम- इलाममा एक महिला मृ तावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृ तावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोलुखुम्बु घर भएकी पराजुलीले कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।

पराजुलीको मृ त्यु कसरी र के कारणले मृ त्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो । थप अनुसन्धानका लागि कुकुर मगाइएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर