काठमाडौँ २८ असार । अमेरिकी सरकारले उपहार स्वरुप नेपालीहरुलाई दिएको कोभिड १९ कोरोना विरुद्धको खोप आज नेपाल आएको छ ।
एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप आज काठमाडौं आइपुगेको हो । कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको उक्त खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
उक्त खोप ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकलाई जतिसक्दो चाँडो लगाउने तषरी भइरहेको पनि मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।