१० बुँदे सहमति पार्टीको भविष्य, जनता र राष्ट्र सबैको लागि अपरिहार्य छ : आर्चाय — OSNepal

१० बुँदे सहमति पार्टीको भविष्य, जनता र राष्ट्र सबैको लागि अपरिहार्य छ : आर्चाय

LC (KTM) July 12, 2021 0

काठमाडौँ २८ असार । नेकपा एमालेको एकताको लागि गरेको १० बुँदे सहमति पार्टीको भविष्य, जनता र राष्ट्र सबैको लागि अपरिहार्य भएको नेकपा एमालेका नेता भीम आचार्यले बताएका छन् ।

गएराति पार्टी अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधव नेपाल समुहबाट गठित कार्यदलले गरेको १० बुँदे सहमतिको विषयलाई लिएर सबैले इमान्दारीताका साथ कार्यान्वयन गनुपर्ने बताएका आर्चायले यो सहमति नेपालको लोकतान्त्रिक आन्दोलन, स्थायित्व, वामपन्थी आन्दोलनको लागि पनि अपरिहार्य भएकोले यस प्रति आफु सन्तुष्ट रहेको पनि बताएका छन् ।

यो सँगे एमालेको फुटको अवस्थामा पनि तत्काललाई टरेको छ । तथापी नेपाल पक्षका केन्द्रिय सदस्यहरुले भने यस प्रति अशन्तुष्टि ब्यक्त गरेका छन् । उनले सबैलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गर्दै भनेका छन् , ‘यत्रो लामो छलफल, बहसबाट भएको सहमतिमा सबैले इमान्दारीताका साथ कार्यान्वयन गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु । कसैको नियतप्रति म शंका गर्न चाहन्न । सबैले इमान्दारितापूर्वक पालना गर्नु होला भन्ने अपेक्षा म राख्छु ।’

उक्त कार्यदलमा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा , विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर