बुँदे सहमति समर्थन गर्नुको भनेको २८ फागुन र त्यसयता भएका निर्णयहरु मिलाएर मान्नु जस्तै हो : नेपाल पक्ष — OSNepal

बुँदे सहमति समर्थन गर्नुको भनेको २८ फागुन र त्यसयता भएका निर्णयहरु मिलाएर मान्नु जस्तै हो : नेपाल पक्ष

LC (KTM) July 12, 2021 0

काडमाडौं २८ असार । नेकपा एमालेको विवाद मिलाउन १० बुँदे सहमति भएपछि माधव नेपाल समुहका केन्द्रीय सदस्यहरुले त्यसमा आपत्ती जनाएका छन् । पार्टीका अध्यक्ष केपी ओली र माधव नेपाल समुह मिलि बनेको कार्यदलले दुवै प्रति उत्तरदायित्व हुनुपर्नेमा त्यस्तो नभएको स्पष्ट देखिएको नेपाल पक्षको आरोप लगाएको छ ।

नेपाल पक्षका राजेन्द्र राईका अनुसार यो १० बुँदे सहमति समर्थन गर्नुको भनेको २८ फागुन र त्यसयता भएका निर्णयहरु मिलाएर मान्नु पर्ने हो । यो सहमतिलाई यथास्थितिमा स्विकार र्ग नसकिने बताएका राईले भने , ‘जे कारणले विद्रोह गरियो, त्यसलाई सम्बोधन गरिएको छैन । ओली र नेपाल मिलेर बनाएको कार्यदल प्रस्ताव हो, निर्णय होइन,यसमा दुबै नेता बसेर छलफल गर्नुपर्ने थियो ।’

त्यस्तै, अर्का नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले यो प्रस्ताबारे केन्द्रीय सदस्यहरुबीच छलफल गर्ने बताएका छन् । हिजो राति ओली र नेपाल पक्षका दोस्रो तहका कार्यदलका सदस्यहरुले १० बुँदे सहमति गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर