सूर्य थापाले फेसबूकमा यस्तो स्टाटस लेखेपछि माधव नेपालले जनाए आपत्ति — OSNepal

सूर्य थापाले फेसबूकमा यस्तो स्टाटस लेखेपछि माधव नेपालले जनाए आपत्ति

LC (KTM) July 12, 2021 0

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबूक स्टाटसमा एमाले वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन् ।नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जालमार्फत स्टाटस मार्फत आपत्ती जनाएका हुन् ।

सञ्जालमार्फत १० बुँदे सहमतिलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकारबाटै गलत ब्याख्या भएको भन्दै नेपालले आपत्ती जनाएका हुन् । नेपालले फेसबुक मार्फत लेखेका छन् हिजो राती नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु था पाले १० बुँदे सहमति भएसँगै एमालेका २३ सांसदले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको साथ छाडेको बताएका थिए । त्यसपछि नेपालले यो भनाइमा आपत्ती जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर