एएफसी यू २० महिला एसियन कप छनोटको दोस्रो चरण अन्र्तगत समुह बिभाजन गरिएको छ । जस अन्र्तगत नेपाल समूह बी मा परेको छ । एएफसीले आज सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल बी समूहमा परेको हो । समुह बि मा नेपाल लगायत चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् ।
ए समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह बी मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ ।
जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू २० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू-२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।