इटालीका २२ वर्षीय गोलकिपर जियानलुइजी बने युरोकपको सर्वोत्कृष्ट खेलाडी — OSNepal

इटालीका २२ वर्षीय गोलकिपर जियानलुइजी बने युरोकपको सर्वोत्कृष्ट खेलाडी

LC (KTM) July 12, 2021 0

१६ औं संस्करणको युरोकप फुटबलमा टालीका गोलकिपर जियानलुइजी डोनारुम्मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।इटालीलाई युरोकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका उनलाई सर्वोत्कृष्ट खेलाडी घोषित गरिएको हो ।

२२ वर्षीय डोनारुम्माले फाइनलमा सानदार प्रदर्शन गरेपछि इटालीले दोस्रो पटक युरोको उपाधि जितेको थियो । टाइब्रेकरमा इटालीले जित हासिल गर्दा उनले २ प्रहार रोकेका थिए । व्यक्तिगत र टोलीको महत्त्वपूर्ण सदस्यको रुपमा गरेको प्रदर्शनलाई आधार मान्दै प्राविधिक समितले उनलाई उत्कृष्ट खेलाडीमा चुनेको हो ।

जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् । गएराति भएको खेलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३(२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर