आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? — OSNepal

आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

LC (KTM) March 22, 2023 0

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर पावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज चाँदीको पनि घटेको छ । चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेर तोलामा १३ सय ३५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर