इतिहासकै सर्वाधिक गोलकर्ता समेत बनेका रोनाल्डोलाई युरो कपको गोल्डेन बुट — OSNepal

इतिहासकै सर्वाधिक गोलकर्ता समेत बनेका रोनाल्डोलाई युरो कपको गोल्डेन बुट

LC (KTM) July 12, 2021 0

एजेन्सी-युरोपेली च्याम्पियनसिप २०२० को गोल्डेन बुट पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले जितेका छन् । प्रतियोगिताभर कुल ५ गोल गरेका रोनाल्डोले गोल्डेन बुट हात पार्न सफल भएका हुन् । युरोपेली च्याम्पियनसिप इतिहासकै सर्वाधिक गोलकर्ता समेत रहेका उनले कुल १४ गोल गरेका छन् ।

त्यसपछि अन्य राष्ट्रका खेलाडीले गोलमा रोनाल्डोको उछिन्न सकेनन् । रोनाल्डोको टोली पोर्चुगल राउन्ड अफ १६ बाट बाहिरिएपनि रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए । चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेपनि उनी असिस्टमा पछि परे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर