बलिउडमा अनिल कपुरकी छोरी सोनमको पहिरनको चौतर्फि चर्चा,केका लागि किनन् यति महंगो ड्रेस — OSNepal

बलिउडमा अनिल कपुरकी छोरी सोनमको पहिरनको चौतर्फि चर्चा,केका लागि किनन् यति महंगो ड्रेस

LC (KTM) July 12, 2021 0

बलिउड अभिनेत्री सोनम कपुर बिशेष गरेर आफ्नो फेशनमा बढी ध्यान दिने गर्छिन् । उनको फेशन सेन्सलाई लिएर सधै चर्चा हुने गरेको छ । कहिले काही उनी आफ्नो फेशन रोजाईका लागि फेशन पुलिसको निशानामा समेत परेकी छिन् ।

इण्डियामा मात्रै हैन उनी ग्लोबल सर्कलमा पनि आफ्नो स्टाइल स्टेटमेन्टका लागि पहिचान बनाएकी छिन् । यसैबीच सोनम कपुर एक क्लासिक लुक्समा देखिएकी छिन् । सोनमले आफ्नो सामाजिक सञ्जालमा हालै केही तस्बिरहरु शेयर गरेकी छिन् । जहाँ उनलाई एकदमै अलग तथा एक खास पहिरनमा देखिएको छ ।

उनले सार्वजनिक गरेको तस्बिरमा एकदमै महंगो ईन्टरनेश्नल ब्राण्ड लुई बिटान को एक महंगो ड्रेसमा उनलाई देखिएको छ । उनले सामाजिक सञ्जालमा जुन तस्बिरहरु सार्वजनिक गरेकी छिन् त्यसमा उनी एक ब्ल्याक बटन क्रप टपमा एकदमै ग्ल्यामर्स देखिएकी छिन् ।

यस टपको कलरमा स्टाईलिश बटनको प्रयोग गरिएको छ जस्ले उनलाई एकदमै पावरफुल लुक्स दिएको छ । साथै उनले ब्ल्याक पेन्ट समेत लगाएकी छिन् । उनको क्रप टप को मुल्य करिब २ लाख रुपैया रहेको छ भने कार्गाे पेन्टको मुल्य करिब १ लाख ५० हजार रहेको बताइएको छ । साथै उनले जुन ब्याग बोकेकी छिन् त्यस ब्यागको मुल्य पौने ४ लाख रुपैयाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर