बंगलादेशमा एकै दिन ११ हजार ८०० भन्दा बढी संक्रमित थपिए, २३० जनाको मृत्यु — OSNepal

बंगलादेशमा एकै दिन ११ हजार ८०० भन्दा बढी संक्रमित थपिए, २३० जनाको मृत्यु

LC (KTM) July 11, 2021 0

ढाका, २७ असार- बङ्गलादेशमा कोभिड सङ्क्रमितको सङ्ख्यामा आइतबार पनि उल्लेख्य वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म बङ्गलादेशमा कूल १६ हजार ४१९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने कूल सङ्क्रमितको सङ्ख्या एक लाख २१ हजार १८९ पुगेको छ । सरकारी तथ्याङ्कमा पछिल्लो एक दिनमा बङ्गलादेशभर ४० हजारभन्दा बढीको कोभिड सङ्क्रमण परीक्षण गरिएको छ ।आइतबार कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ हजार ३६२ रहेको छ भने बङ्गलादेशमा अहिलेसम्म कूल आठ लाख ७४ हजार ५०१ सङ्क्रमित निको भएका महानिर्देशनालयले जनाएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर