लगातारको भारी वर्षाका कारण तीनवटा घर भत्किए — OSNepal

लगातारको भारी वर्षाका कारण तीनवटा घर भत्किए

LC (KTM) July 11, 2021 0

लगातारको भारी वर्षाका कारण जिल्लामा तीनवटा घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि रु १५ लाखबराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार आज वर्षात्ले जिल्लाको सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किदा गोठमा रहेका दुई बाख्रा पुरिएका छन् ।

यसैगरी जिल्लाकै बडिकेदार गाउँपालिका–१ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घर भत्किदा घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–५ बागठाँटा बस्ने जोगी भुलको दुई तले घर भत्किई अन्नपात, लत्ताकपडा, भाँडाकुडा क्षति भएको छ ।

दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाका विषयमा तथा क्षतिका बारेमा थप बुझ्नका लागि अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर