बलिउडमा हाँस्य अभिनेताको रुपमा स्थान बनाएका राजपाल यादबको एकदमै राम्रो फ्यान फलोइङ रहेको छ । थिएटर देखी लिएर बलिउडको फिल्म होस् या टेलिभिजनको छोटो पर्दा उनले आफ्नो अभिनयको जादु देखाईसकेका छन् । तपाई लाई पत्यार नलाग्न सक्छ कमेडीका लागि महसुर राजपालले आफ्नो करियरको शुरुवात नेगेटिभ रोलबाट गरेका थिए । उनी यो चरित्रलाई पनि एकदमै कुशलता पुर्वक देखाउन सम्छन् ।
युपीको सानो गाउँमा भएको थियो जन्म
राजपाल यादवको युपीको शाहजहांपुर देखी टाढा खांडु नामको गाउँमा जन्म भएको थियो । अभिनयको भुत उनमा सानै बाट चढेको थियो । शुरुवाती पढाई पछि उनी अघिको पढाईका लागि शाहजहांपुर गएका थिए । यहि बाट उनमा अभिनयको चस्का सुरु भएको थियो । त्यसपछि उनी आफ्नो शोक पुरा गर्न दिल्लीको नेशनल स्कुल अफ ड्रामा सम्म पुगेका थिए ।
उनको यस्तो थियो नेगेटिभ रोल
राजपाल यादवले सन् १९९९ मा आएको फिल्म दिल क्या करे बाट डेब्यु मारेका थिए । यसपछि रामगोपाल बर्माले उनलाई जंगल फिल्ममा नेगेटिभ रोल दिएका थिए । यो रोल बाट उनको भाग्य नै बदलियो । उनले कम्पनी, मै माधुरी दीक्षित बनना चाहती हु जस्ता फिल्म खेले तर उनलाई अन्ततः कमेडीले नै फिल्ममा पहिचान दिलायो ।
करोडौका मालिक हुन् राजपाल
२२ बर्षको फिल्मी करियरमा राजपाल यावदले कैयौ भुमीका निर्बाह गरिसकेका छन् । उनी हिन्दी सिनेमाका धनी कमेडियन मध्ये एक हुन् । राजपाल हरेक महिना ३० लाख भन्दा बढी कमाउने गरेका छन् । उनको बार्षिक कमाई ४ करोड रुपैया रहेको छ । उनको कुल सम्पत्ति ५० करोड रुपैयाको रहेको छ । राजपाल आफ्नो एउटा फिल्मका लागी २ करोड लिने गर्छन् । ब्राण्ड एन्डोर्समेन्टको लागि १ करोड रुपैया फि लिने गरेका छन् ।