कोरोनाका कारण विदेशमा थप १२ जना नेपालीको निधन — OSNepal

कोरोनाका कारण विदेशमा थप १२ जना नेपालीको निधन

LC (KTM) July 11, 2021 0

लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस ९कोभिड १९० का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार साउदी अरबमा १२ जना, नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ४७ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १६ हजार ६० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ११ हजार ४७ जना नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा। संजिव सापकोटाका अनुसार शनिवार साँझ ९ १० जुलाई० सम्म विदेशमा कोरोना संक्रमणबाट ९५ प्रतिशत नेपाली मुक्त भएका छन् ।
संघका अनुसार विगत चार सातामा अष्ट्रेलिया, साउदी अबर, भारत लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म ६ लाख ५५ हजार ४ सय ४९ जना संक्रमित पुगेकोमा ९४ दशमलव ६ प्रतिशत अर्थात ६ लाख १९ हजार ९४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण शनिवार सांझसम्म ९ हजार ३ सय ८२ जनाको निधन भएको छ ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर