काठमाडौं – एक बर्ष लामो जेल जीवनबाट बाहिर निस्किएका पलशाहले भिडियोमा काम गर्न ३ लाख पारिरुमिक माग गरेको बुझिएकोे छ । थला पर्दै गएको म्युजिक भिडियो बजार र फिल्म बजारलाई उनी पारिश्रमिकको चर्को माग गरेपनि निर्माता निदेृशक निराश बनेर फकिएका छन् ।
जेलमा जानु अगाडि म्युजिक भिडियोमा डेढ लाखसम्म पारिश्रमिक लिने गरेका शाहले जेलबाट निस्कने वित्तिकै चर्को डिमान्ड गरेका हुन् । अब उनको पारिश्रमिक बढेर ३ लाख पुगेको छ । अहिले भिडियोबाट ३ लाख पनि कमाउन सक्ने अवस्थामा सर्जक छैनन् । तर, यस्तो अवस्थामा पल फर्किएर भिडियोको बजारलाई पनि फर्काउँछन् भनेर अपेक्षा गरेका मेकर निराश भएका छन् ।
फिल्ममा पनि चर्को डिमाण्ड गरिरहेका उनले फिल्मका लागि ४० देखि ५० लाख सम्म मागेको बताइएको छ । स्टार भनिएका कलाकारलाई नै नलिएर देशका केही नाम चलेका ब्यानरले फिल्म चलाएर करोडौं कमाइरहेका छन् । तर, महंगो रकम लिने स्टारका फिल्ममाथि लगानी गर्ने निर्माता नै डुबेका छन् । पल जेलबाट निस्किनासाथ उनको तात्कालिक ‘क्रेज’लाई हेरेर विभिन्न अफरहरूको ओइरो लागेको छ ।
म्युजिक भिडियोदेखि चलचित्रको लगातार अफर आइरहे पनि उनले अहिलेसम्म कसैसँग सम्झौता गरिसकेका छैनन् ।पलले म्युजिक भिडियोमा कम ब्याक भने आफ्नै युट्युब च्यानलबाट गर्दैछन् । ‘तिमीलाई हेर्ने बानी पर्यो‘’ बोलको हिट गीतको फिमेल भर्सनमा उनले भिडियो खेल्न लागेका हुन् । भिडियोमा उनकै लगानी रहने छ ।
गत १५ फागुनमा जेलमुक्त भएका पल गत साता रुकुम महोत्सवमा सहभागी भए । जेलबाट निस्केपछि यो उनको पहिलो सार्वजनिक कार्यक्रम थियो । आयोजकले उनलाई हेलिकोप्टर चार्टर गरेर महोत्सव स्थलमा पुर्याएका थिए ।