नाबालिगलाई रेप गरेको आरोपमा फसेका टेलिभिजन कलाकार पर्ल वी पुरी जमानतमा छुटे पछि पहिलो पटक पब्लिक प्लेसमा पुगेका छन् । उनी आफ्नो जन्म दिनको अवसरमा अनाथ आश्रम गएका हुन् । अनाथ आश्रममा जाँदै गरेको भिडीयो सामाजिक सञ्जालमा छाएको छ । यस दौरान उनी पैपराजी संग कुरा गर्दै गरेको बाहिर आएको छ ।
भिडीयोमा पर्ल सेतो कुर्ता तथा निलो जिन्स लगाएको देख्न सकिन्छ । उनले पैपराजीको जन्म दिनको शुभकामनाका लागि धन्यबाद दिए र उनी संग कुरा गरे । आफ्नो जन्म दिनको खास मौका पारेर पर्ल अधेँरी स्थत सेन्ट कैथरीन अनाथाश्रम गएका थिए । उनले आफु संगै खानाका लागि चाहिने सर सामानहरु पनि लिएर गएका थिए ।
फ्यानहरुले दिए पर्ल लाई यसरी सम्मान
पर्लका फ्यानहरुले उनको यो कामको प्रशंसा गरेका छन् । एक युजरले लेखेका छन्– हाम्रो सिंह प्रति सम्मान । त्यस्तै अर्का युजरले लेखेका छन्– कोही पनि उनलाई राम्रो माम गर्न वा मानबियता फैलाउन बाट रोक्न सक्दैन । कतिपयले पर्ल प्रति माया र सद्भाव देखाएका छन् ।
माया दर्शाउदै लेखेका छन्– तिमी प्रति गर्व छ । पर्ललाई एक नाबालिक केटीलाई रेप गरेको आरोपमा ४ जुनमा पक्राउ गरिएको थियो । १४ दिन सम्म न्यायीक हिरासतमा बसेर उनलाई पछि जमानतमा छोडिएको थियो ।