जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर — OSNepal

जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

LC (KTM) July 11, 2021 0

काठमाडौँ २७ असार । जनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाको एकता खारेजी माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

पार्टी एकता शुरु देखि नै त्रुटिपूर्ण, कानुन विपरीत भएकोले उक्त एकीकरण खारेज माग गर्दै रिट दायर भएको छ । दायर गरिएको रिटमा यो मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारवाही आदिलाई यथास्थितिमा राख्न अन्तरिम आदेश पनि माग उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर