५५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ — OSNepal

५५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ

LC (KTM) July 11, 2021 0

काठमाडौं २७ असार । ५५ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फरार एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका ९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगर रहेका छन् । निजलाई हिजो शनिबार साँझ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

अहिले निजमाथि अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर